२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री शाह

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री शाहले आयोगको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्ने बताएका हुन् । उनले बिभिन्न समयमा बनेका आयोगहरुको समेत एकमुष्ट अध्ययन गरेर आवश्यक कारवाही गर्ने उल्लेख गरे । मानवअधिकार आयोगको प्रतिवेदन आधिकारिक रुपमा सरकारलाई प्राप्त नभएकाले प्राप्त भएपछि सरकारले नै पूर्ण रुपमा सार्वजनिक गर्ने उनले बताए ।

त्यस्तै उनले लिपलेक लिम्पियाधुराको विवादबारे कुटनीतिक छलफलबाट समाधान खोजिने बताए । लिपलेक लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको र जवाफ पनि आएको उनले बताए । उनले भारतले नेपालको भूमिमात्रै नभइ नेपालले पनि भारतको भूमि प्रयोग गरेको देखिएकाले गम्भीर भएर छलफल गर्ने धारणा राखे । सांसदहरुको प्रश्नमा प्रधानमन्त्री शाहले नदिकिनारमा रहेका बस्तीहरु जोखिममा रहेकाले उनीहरुलाई हटाएको भन्दै भूमिहीन सुकुम्वासीको समस्या दिर्घकालिन रुपमा समाधान गरिने स्पष्ट पारे । 

त्यसअघि बैठकको सुरुमै बिपक्षी सांसदहरुले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ