काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् ।
पाँच दिने भारत भ्रमणका लागि सोमबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।
उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् । लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ ।
लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस