२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सीमाका बिषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै जवाफ आउँछ : कविन्द्र बुर्लाकोटी

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका बिषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन् । 

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले बिपक्षी दलहरुले राखेका बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् । बिपक्षी दलसँगको छलफलमा पनि आफुले यसबारे जानकारी गराएको तर सदनको विरोध नहटाउने जवाफ बिपक्षीबाट आएपछि एक साताका लागि सदन स्थगित भएको उनले बताए । 

उनले यसबीचमा राजनीतिक छलफल र सम्वाद हुने भन्दै जेठ २५ गते बस्ने बैठकमा अवरोध हट्ने दावी गरे । महामन्त्री बुर्लाकोटीले दसगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको देखिएकाले सीमा विवादलाई कूटनीतिक तवरबाट समाधानको पहल गर्नुपर्ने रास्वपाको स्पष्ट धारणा रहेको बताए । त्यस्तै भारतले मिचेको भूमि फिर्ता हुनुपर्छ भन्ने रास्वपाको मान्यता रहेको उनको भनाइ छ । 

उनले अव बस्ने प्रतिनिधिसभाको बैठकमा लगातार बजेटका बिषयमा छलफल हुने र समयमा नै पारित हुनेगरी अघि बढ्ने गरी बिपक्षी दलसँग सहमति भएको समेत जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ