२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्रीले आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्छ : हर्क साम्पाङ

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताएका छन् । 

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सरासर गलत रहेको भन्दै आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताएका हुन् । 

उनले राष्ट्रियता भन्दा ठूलो बिषय बजेट नभएकाले पहिले सीमाका बिषयमा सरकारले स्पष्ट पारेमात्रै सदन अघि बढ्न सक्ने बताए । उनले सीमा बिषयमा आएका बिषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने उल्लेख गरे । 

उनले प्रधानमन्त्रीको अभिव्यक्तिपट सीमामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप देखिएकाले गम्भीर हुन सरकारलाई सुझाव दिए । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ