२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं केन्द्रित एमालेको नयाँ रणनीति : आवश्यक पर्दा ५ हजार कार्यकर्ता सडकमा

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी संगठनलाई समुदायस्तरसम्म विस्तार गर्दै आवश्यक पर्दा काठमाडौंमा ५ हजार जना कार्यकर्ता तत्काल परिचालन गर्न सक्ने आधार तयार गर्न निर्देशन दिएका छन्  । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संगठनको वास्तविक शक्ति संकट र चुनौतीका बेला परीक्षण हुने भएकाले कार्यकर्तासँग निरन्तर सम्पर्क र समन्वय कायम राख्नुपर्ने बताएका हुन्। 

उनले पार्टीलाई जनतासँग थप नजिक बनाउने, सदस्यता विस्तार गर्ने तथा संगठनलाई अझ सुदृढ बनाउने अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन मातहतका कमिटीहरूलाई निर्देशन दिए।

पोखरेलले संगठन केवल चुनाव केन्द्रित संरचना नभई सामाजिक, राजनीतिक र राष्ट्रिय मुद्दामा समेत प्रभावकारी रूपमा परिचालित हुन सक्ने गरी तयार हुनुपर्ने धारणा राखेका थिए। त्यसका लागि वडा, टोल र समुदायस्तरसम्म पार्टीको पहुँच विस्तार गर्नुपर्नेमा उनले जोड दिएका छन्।

बैठकमा उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै जनसंगठनहरूलाई त्यसबारे जनतालाई सुसूचित गर्न र राजनीतिक रूपमा प्रतिवाद गर्न आग्रह गरेका छन्। सरकार र प्रधानमन्त्रीका अभिव्यक्तिहरूलाई जनतामाझ लैजाँदै तथ्य र तर्कका आधारमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

विशेषगरी काठमाडौंमा आवश्यक पर्दा ५ हजार जना कार्यकर्ता तत्काल परिचालन गर्न सक्ने आधार निर्माण गर्न दिएको निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ