२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

घण्टीको अधिवेशनमा घम्साघम्सी : रास्वपाका दुई जिल्लामा कुटाकुट, मतदानमै विवाद

शनिवार , जेठ २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनका क्रममा दुई जिल्लामा विवाद चर्किँदा कुटाकुट र हातहालाहालको अवस्था सिर्जना भएको छ। पर्साको वीरगञ्जमा प्रतिनिधि छनोटको विषयलाई लिएर दुई पक्षबीच सडकमै झडप भएको छ।

अधिवेशनमा सहभागी हुने प्रतिनिधिको विषयमा विवाद बढ्दै जाँदा कार्यकर्ताहरूबीच कुटाकुट भएको हो। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पार्टीभित्रको आन्तरिक विवाद बाहिर आएको छ।

यस्तै, सुनसरी जिल्ला अधिवेशन पनि विवादरहित रहन सकेन। कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी अधिवेशनका क्रममा प्रतिनिधिको वैधानिकतामाथि प्रश्न उठेपछि कार्यकर्ताहरूबीच हलभित्रै हातहालाहाल भएको हो।

प्रतिनिधिसम्बन्धी विवाद समाधान नगरी मतदान प्रक्रिया अगाडि बढाइएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएपछि अवस्था तनावपूर्ण बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मतदान सुरु गर्न हलको ढोका बन्द गरिएको आरोप लगाउँदै केही प्रतिनिधिले विरोध गरेपछि झडपको स्थिति सिर्जना भएको थियो।

अधिवेशनस्थलमा उपस्थित जेनजी अभियानसँग आबद्ध युवाहरूले समेत आफूहरूलाई अपमानजनक व्यवहार गरिएको आरोप लगाउँदै नाराबाजी र प्रदर्शन गरेका थिए। उनीहरूले पार्टी नेतृत्वले युवाहरूको आवाजलाई बेवास्ता गरेको आरोप समेत लगाएका छन्।

रास्वपाले पहिलो महाधिवेशनअन्तर्गत देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको बेला वीरगञ्ज र सुनसरीमा देखिएको विवादले पार्टीभित्रको संगठनात्मक व्यवस्थापन र आन्तरिक लोकतन्त्रबारे प्रश्न उठाएको छ। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि धेरै जिल्लामा निर्वाचनमार्फत नेतृत्व छान्ने प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट