काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बिभिन्न माग राख्दै माइतिघरमा धर्नामा बसिरहेकाहरुकोे जायज माग पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार काठमाडौंको माइतिघर पुगेर धर्नामा बसिरहेका बिभिन्न व्यक्ति–समूहसँग छलफल गर्दै मन्त्री गुरुङले जायज माग पुरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।
सो क्रममा मन्त्री गुरुङले सवै आन्दोलनकारीका मागका बारेमा जानकारी लिएका थिए । सवै नेपाली नागरिकको बराबरको अधिकार रहेकाले अधिकारका लागि धर्नामा बस्नुपर्ने अवस्था आउनु दुखद भएको उनले बताए । उनले जनताको विश्वासका कारण वर्तमान सरकार बनेको भन्दै सरकारले कसैप्रति पनि अन्याय हुन नदिने जनाए ।
मन्त्री गुरुङले नागरिकमाथि हुने अन्याय, अत्याचार र बिभेद भत्काएरै छाड्ने समेत बताए । उनले देशका सवै नागरिकहरु नेपाली भएर बाच्न पाउन अवस्था बनाउनुपर्ने धारणा पनि राखे ।
प्रतिक्रिया दिनुहोस