२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

पपुलिज्मको नाममा अराजकता स्वीकार्य छैन–महासचिव पोखरेल

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले संसदमा प्रतिपक्षको संख्या सानो भए पनि त्यसको आवाज प्रभावकारी बन्दै गएको बताएका छन् ।  उनले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै ‘पपुलिज्म’का नाममा हुने अराजकता र अधिनायकवादी प्रवृत्तिविरुद्ध जनभावना क्रमशः मुखरित हुँदै गएको दाबी गरेका हुन् । 

पोखरेलले संसदमा प्रतिपक्षको आकारभन्दा उसको भूमिका र आवाज महत्वपूर्ण हुने संकेत गर्दै जनताको भावना विस्तारै प्रकट भइरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘संसदमा प्रतिपक्षको आकार सानो भए नि आवाज सशक्त हुँदैछ, पपुलिज्मका नामको अराजकता र अधिनायकवाद विरुद्धको जनभावना क्रमशः मुखरित हुँदैछ । ’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट