काभ्रे / काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा अधिकांश रोशी गाउँपालिकाका स्थानीय बासिन्दा रहेका छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेहरूको नामावली यस प्रकार छ
मेघबहादुर तामाङ (अन्दाजी ७३ वर्ष), रोशी गाउँपालिका–६
राजु तामाङ (५५ वर्ष), रोशी गाउँपालिका–६
इन्द्रबहादुर तामाङ (७५ वर्ष), रोशी गाउँपालिका–६ — बसका साहुसमेत
फुलमाया तामाङ (३४ वर्ष), रोशी गाउँपालिका–७
माया लामा (६० वर्ष), रोशी गाउँपालिका–७
प्यारीमाया तामाङ (६० वर्ष), रोशी गाउँपालिका–८
बमबहादुर भण्डारी (३० वर्ष), दैलेख स्थायी घर भई नेपाली सेनामा अमल्दार पदमा कार्यरत
सुमी लामा (२२ वर्ष), घ्याङलेख गाउँपालिका–४, सिन्धुली
दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार पुर्व अरनिको यातयातको बा ३ ख ८३९८ नम्बरको बस बनेपाबाट रोशी गाउँपालिका–८ खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा बीपी राजमार्ग अन्तर्गत बुच्चाकोट ,सेल्फीडाँडामा दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया दिनुहोस