२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

रास्वपा लुम्बिनीमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुँदै : शालिकराम र गोपाल भिड्ने

आइतवार , जेठ ३१, २०८३

बुटवल / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि शीर्ष दुई उम्मेदवारबीच पुनः मतदान हुने भएको छ । रास्वपमाको विद्यानमा पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दास्रो चरणमा पुनः मतदान गर्नुपर्नै व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार दास्रो चरणमा मतदान हुन लागेको हो ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदका लागि प्रतिस्पर्धामा रहेका ६ उम्मेदवारमध्ये कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको मतदान गरिने निर्णय गरिएको हो ।
पहिलो चरणको मतगणनामा रुपन्देहीका शालिकराम घिमिरेले सर्वाधिक १९९ मत प्राप्त गरेका छन् भने अर्घाखाँचीका गोपाल घिमिरे ८७ मतसहित दोस्रो स्थानमा रहेका छन्। यससँगै अब प्रदेश सभापति चयनका लागि शालिकराम र गोपालबीच सीधा प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन परिणामअनुसार रुपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रुपन्देहीकी मञ्जु भुसालले ७१ मत तथा रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका छन्। मतदानमा कुल ५५२ मत खसेको थियो।

राजनीतिक रूपमा पनि यो प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। सर्वाधिक मत ल्याएका शालिकराम घिमिरे सभापति रवि लामिछाने निकट मानिन्छन् भने दोस्रो चरणमा प्रवेश गरेका गोपाल घिमिरे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) निकट समूहका उम्मेदवारका रूपमा चिनिन्छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट