२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

२८ वर्षपछि विश्वकप फर्किएको स्कटल्यान्डको विजयी सुरुआत, हाइटीमाथि १–० को जित

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डले विश्वकप–२०२६ मा सुखद सुरुआत गरेको छ। आइतबार बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।

स्कटल्यान्डको जितमा जोन म्याकगिन नायक बने। उनले खेलको २९औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।

बल पोसेसनमा हाइटीले स्कटल्यान्डसँग बराबरी प्रदर्शन गरे पनि गोल गर्न असफल रह्यो। स्कटल्यान्डले भने सुरुआती अग्रता जोगाउँदै प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो।

यस जितसँगै स्कटल्यान्ड तीन अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा पुगेको छ। सोही समूहमा यसअघि ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेल्दै समान एक–एक अंक जोडेका छन् भने हाइटी अंकविहीन बनेको छ।

स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो। त्यसयता लगातार छनोट हुन नसकेको टोली २८ वर्षपछि पुनः विश्वकपमा फर्किएको हो। साथै, यो स्कटल्यान्डको ३६ वर्षपछि विश्वकपमा पहिलो जित पनि हो। यसअघि उसले सन् १९९० मा स्वीडेनलाई २–१ ले पराजित गरेको थियो।

विश्वकपअन्तर्गत आजै अस्ट्रेलिया र टर्की तथा जर्मनी र कुराकाओबीचका खेलहरू पनि हुनेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट