काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १७औँ र १८औँ संयुक्त वार्षिक साधारणसभा विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष राम श्रेष्ठले आयोजनाको उपलब्धि, चुनौती र आगामी योजनाबारे धारणा राखे । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आँखुखोला जलविद्युत कम्पनीले ऊर्जा उत्पादन तथा विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
उनले कम्पनीको सफलतामा लगानीकर्ता, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले आगामी दिनमा कम्पनीको सेवा, उत्पादन क्षमता र संस्थागत विकासलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्वच्छ ऊर्जाको उत्पादन वृद्धि र राष्ट्रिय ऊर्जा सुरक्षामा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण बन्दै गएको धारणा समेत राखे ।
कार्यक्रममा कम्पनीका पदाधिकारी, कर्मचारी, शेयरधनी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीको प्रगति, उपलब्धि र भावी योजनाबारे समेत जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस