काठमाडौं / श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह ले सीमा विवादका विषयमा संसदमा दिएको अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउनुपर्ने माग पुनः दोहो र्याएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले सभामुखको ध्यानाकर्षण गराउँदै उक्त विषयमा निर्णय कहिले हुने भन्ने जिज्ञासा व्यक्त गरे ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्छ भन्ने हाम्रो स्पष्ट माग छ, सभामुखज्यूबाट त्यससम्बन्धी आदेश कहिले आउँछ भनेर हामी प्रतीक्षामा छौं । ’
प्रधानमन्त्री बालेनले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा नेपाल–भारत सीमा सम्बन्धी टिप्पणी गरेका थिए। सो अभिव्यक्तिमा नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको आशय व्यक्त भएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस