२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ

शनिवार , आषाढ १३, २०८३

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भातेढिकुरमा बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीमाथि उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई तत्काल सूर्यविनायक नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा शुक्रबार राति करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न रहेको आरोपमा मृतकका छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार