२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

इटहरीमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

बुधवार , आषाढ १७, २०८३

सुनसरी । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले इटहरीचोक, धरान लाईनको हिकोला कलरल्याबसँगै आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो सर्भिस सेन्टर शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन–हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।

यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रा.लि.ले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

उद्घाटनको अवसरलाई विशेष बनाउन कम्पनीले आफ्ना ग्राहकका लागि छिट्टै आकर्षक छुट योजनाको घोषणा गर्ने जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिन तथा थप जानकारीका लागि सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

त्यस्तै नयाँ सर्भिस सेन्टरमा ग्राहकका लागि विशेष ’कस्टमर एक्सपेरियन्स जोन’ पनि राखिएको छ । यस जोनमा ग्राहकहरूले शाओमीका विभिन्न उत्पादनहरू प्रत्यक्ष रूपमा हेर्न, प्रयोग गर्न र अनुभव गर्न सक्नेछन् । आधुनिक डिजाइन र सुविधासहित तयार गरिएको यस क्षेत्रले अन्य सर्भिस सेन्टरको तुलनामा अझ सहज, आधुनिक र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 

उक्त अवसरमा टेलिडाइरेक्ट प्रा.लि.का जनरल मेनेजर दीपक श्रेष्ठले इटहरीमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु शाओमीका ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको बताए । उनले ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै नेपालभर बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । 

यी सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट