काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई साढे ३ खर्ब सहयोग गर्ने भएको छ ।
आज प्रधानमन्त्री बालेन शाहसँगको भेटलगत्तै एडिबी अध्यक्ष मासातो कान्दाले सन् २०२९ सम्म नेपाललाई साढे ३ खर्ब सहयोग उपलब्ध गराउने बताएका हुन् । अध्यक्ष कान्दाले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन् ।
उनले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका लागि सहयोग गर्ने बताए ।
अध्यक्ष कान्दाले प्रधानमन्त्रीलाई प्राप्त भएको बलियो जनादेशका लागि बधाई दिँदै नेपालको विकास र आर्थिक सुधारका कार्यक्रमलाई बैंकको पूर्ण साथ रहने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी भएको थियो ।
हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबारमात्र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए ।
सोमबार नै नेपाल सरकार र एडिबीबीच करिब रु २५ अर्ब अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस