काठमाडौं — समाजसेवी तथा मोडल संगीता शर्मा अभिनित नयाँ म्युजिक भिडियो "म तिम्रै बनौला " सार्वजनिक भएको छ। गितकार तथा संगीतकार संगीता शर्मा को आफ्नै सब्द संगीत मा तयार भएको उक्त गीत "संगीता शर्मा अफिसियल " युट्युब च्यानलमार्फत उहाको जन्मदिन को अबसरमा सार्वजनिक गरिएको हो।
प्रेमभाव प्रधान यस गीतमा गायक गायिका कर्ण राज गिरि र बिपना तामाङको स्वर रहेको छ भने उत्त गित सम्राट थापा ले एरेन्ज गरेका हुन भने म्युजिक सिटि स्टुडियो मा रेकर्डिङ भएको हो । गीतको भिडियोमा संगीता शर्मासंगै गाएक तथा सर्जक राजु आडि को अभिनय रहेको छ।
भिडियो संयुक्त स्थापित ले निर्देशन गरेका हुन भने छायांकन र सम्पादन पक्षमा पनि उत्कृष्ट मेहनत देखिन्छ। भिडियोले विशेषगरी युवा पुस्ताको भावना र प्रेमप्रतिको सोचलाई सरल तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको छ। एल.एम .सि सेकेन्ड्री स्कुल लहानले एजुकेसन पार्टन को रुपमा स्पोन्सर गरेको थियो भने हस्पिटालिटि पार्टन मा भिलेज हाइल्याण्ड रिजोर्ट जुन भिडियो को सिन मा प्रस्ट देख्न सकिन्छ ।
उक्त म्युजिक भिडियोमा प्रोडक्सन म्यानेजर भिमसेन मैनालि तथा पि.हमाल ठकुरि र सन्दिपा दाहाल निर्माताको रुपमा रहेका छन।
प्रतिक्रिया दिनुहोस