२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

बागमती सरकारबाट एमाले तत्काल नबाहिरिने : परिस्थिति परिवर्तन भन्दै सरकारमै रहने निर्णय

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ।

काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सोमबार बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको हो।

संसदीय दलका नेता जगन्नाथ थपलियाले पछिल्लो राजनीतिक परिस्थितिमा परिवर्तन आएको भन्दै एमाले सरकारमै रहने बताएका छन्।

‘अहिले केही अवस्था परिवर्तन भएको छ, तत्काल सरकारबाट हट्ने कुरा छैन। हामी सरकारबाट बाहिरिएका छैनौं, सरकारमै छौं उनले भने र

उनका अनुसार अन्य राजनीतिक दलसँग पनि छलफल र संवाद जारी रहेकाले तत्काल सरकार छाड्ने निर्णय नगरिएको हो।

यसअघि केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका थिए। तर पार्टी नेतृत्वले तत्काल राजीनामा नदिन निर्देशन दिएपछि उक्त निर्णय रोकिएको थियो।

हाल बागमती प्रदेश सरकारमा एमालेका ६ मन्त्री सहभागी छन्। नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्री किरण थापा, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, श्रम तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरत केसी र  उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ मन्त्री छन्।

यसअघि पनि कांग्रेस नेता बहादुरसिंह लामाको नेतृत्वको प्रदेश सरकारमा एमाले सहभागी रहेको थियो । प्रदेश सरकारमा मन्त्रालय संख्या घटाइएपछि हाल केही मन्त्री विनाविभागीय हैसियतमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट