२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

तातोपानी नाका सडक अवरुद्धबारे उद्योग वाणिज्य संघले गरायो सरकारको ध्यानाकर्षण

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । वार्षिक २ अर्ब भन्दा बढी राजस्व संकलन गर्ने तातोपानी नाका आवतजावत गर्ने सडक अवरुद्धबारे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले  सरकारको ध्यानाकर्षण गराएको छ । 

सरकाले समयमा सडक खुलाउन पहलकदमी नबढाएको भनि संघले तातोपानी नाकाबारे चासो बढाएको हो । 

संघका अध्यक्ष बुद्धराज बस्नेतले एक विज्ञप्ती जारी गर्दै शुक्रबार सरकारलाई चासो दिन आग्रह गरेका हुन् ।  

दैनिक लाखौको राजस्व संकलन गर्ने तातोपानी भन्सार कार्यालयले समेत आफ्लो बार्षिक लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन । गत वर्ष ५० करोड ५२ लाखमा ठेक्का लागेकोमा समेत चीन सरकाले बनाईदिन्छ भन्ने आस्वासन मात्र देखाएको भन्ने कुरा उल्लेख छ । 

अरनिको राजमार्गमा पर्ने तातोपानी–कोदारी सडक असार ३१ गतेबाट भोटेकोशी गाउँपालिका २ मा पर्ने इको पहिरोको कारण ३ घर क्षति र ७० घरहरु उच्च जोखिममा रहेका छन् । 

१ सय ५० भन्दा बढी मालबहाक कन्टेनरहरु राजधानी प्रवेश गर्न पाएका छैनन् । फलफुल लोड गरिएका कनटेनरहरुसमेत जाममा परेपछि व्यवसायीहरु मारमा परेका छन् । 

राजधानी नजिक रहेको नेपालको राजस्व संकलन गर्ने नाकाहरु मध्ये दोस्रो स्थानमा रहेको नाकाको आवतजाजत रोकिदा समेत सरकाले चासो नदिएको भनि उद्योग बाणिज्य संघले आरोप लगाएको छ । 

आम उद्योगी र व्यवसायीहरुको हक र हितका लागि स्थापित नीजी संस्थाहरुको छाता संस्थाको रुपमा उद्योग वाणिज्य संघले भुमिका खेल्दै आईरहेको कुरा संघका अध्यक्ष बस्नेतले बताए । 

भोटेकोशी गाउँपालिकामा पर्ने इको पहिरोमा सडक भासिएपछि आवतजावतमा समस्या परेको छ । 

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार र ट्रक कन्टेनर व्यवसायी संघले आफ्नै पहलमा गत बर्षहरुमा पनि सडक अवरुद्ध हुँदा अवरोध खुलाउने कार्य गर्दै आईरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट