२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

नर्भिक अस्पतालमा सेवा लिन १ लाख २७ हजार बिरामी पुगे, २ अर्ब बढिकाे काराेबार

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै सबा २ अर्ब बढिकाे काराेबार गरेकाे छ । 

साे अस्पतालले चालू आर्थिक वर्षको पहिलो नौ महिनामै २ अर्ब ४ करोड ४० लाख रुपैयाँ कारोबार गरेको छ। बढ्दो आम्दानी, सञ्चालन नाफा, नगद प्रवाह र ऋण तिर्ने क्षमतामा सुधार आएपछि कम्पनीको क्रेडिट रेटिङ पनि स्तरोन्नति भएको छ।  कम्पनीको कुल २ अर्ब ७९ करोड ४७ लाख ८० हजार रुपैयाँ बराबरको बैंक सुविधा रेटिङ गरिएको छ।

रेटिङ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी  २ अर्ब २६ करोड ३० लाख रुपैयाँ पुगेको थियो। चालु आवको पहिलो नौ महिनामै कम्पनीले २ अर्ब ४ करोड ४० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जसले कारोबार वृद्धिको निरन्तरता देखाएको छ।

homepage-sections-686116d6c2a16providing-homely-care-to-patients.jpg

कम्पनीको सञ्चालन नाफा  मार्जिन आर्थिक वर्ष २०२२ को १९ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०२५ मा २७ प्रतिशत पुगेको छ। चालु आवको नौ महिनामा यो अनुपात थप बढेर  ३२.९१ प्रतिशत पुगेको छ। नगद प्रवाह पनि आर्थिक वर्ष २०२५ को ४१ करोड ९० लाख रुपैयाँ बाट बढेर चालु आवको नौ महिनामा ४७ करोड १० लाख रुपैयाँ पुगेको छ।

ऋण व्यवस्थापनमा पनि कम्पनीले उल्लेखनीय सुधार गरेको छ। ब्याज कभरेज अनुपात आर्थिक वर्ष २०२४ को  ५.३९ गुणाबाट बढेर आर्थिक वर्ष २०२५ मा १०.९० गुणा तथा चालु आवको नौ महिनामा  २४.२५ गुणा पुगेको छ। समग्र ऋण–पुँजी अनुपात  १.५० गुणाबाट घटेर १.१७ गुणामा झरेको छ।

homepage-sections-686116601e04ctake-care-of-your-health.jpg

प्रतिवेदनले नर्भिकको तीन दशकभन्दा लामो सञ्चालन अनुभव, बलियो ब्रान्ड, चौधरी समूहअन्तर्गतको बीएलसी होल्डिङ्सको लगानी, अनुभवी व्यवस्थापन तथा बढ्दो बिरामी चापलाई कम्पनीका प्रमुख सबल पक्षका रूपमा उल्लेख गरेको छ। आर्थिक वर्ष २०२५ मा ओपीडी बिरामी संख्या  १ लाख ६० हजार ३५१ पुगेको छ भने चालु आवको नौ महिनामा १ लाख २७ हजार ४७३ बिरामीले सेवा लिएका छन्। आईपीडी बिरामी संख्या पनि बढ्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ।

homepage-sections-6861179f5934cBook-an-appointment-img.png

कम्पनीले हाल थापाथलीस्थित अस्पतालको क्षमता  ११६ शय्याबाट २७५ शय्यामा विस्तार गर्ने ३ अर्ब ३२ करोड २० लाख रुपैयाँ लागतको ब्राउनफिल्ड आयोजना अघि बढाइरहेको छ। अप्रिल २०२६ सम्म ५८ प्रतिशत निर्माण सम्पन्न भइसकेको परियोजनाबाट जनवरी २०२७ को मध्यदेखि व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखिएको छ।

विस्तार आयोजनाका लागि कम्पनीले  १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ ऋणको व्यवस्था गरिसकेको छ भने चालु आवको नौ महिनामा  १३ करोड १० लाख रुपैयाँ ऋण पूर्वभुक्तानी पनि गरेको छ।

696330873_18235321171309186_3375273106915041650_n.jfif

यद्यपि केयर रेटिङ्सले अस्पतालको सम्पूर्ण आम्दानी एउटै अस्पतालमा निर्भर रहनु, विस्तार आयोजना समयमै सम्पन्न गर्नुपर्ने चुनौती, ब्याजदरमा हुने उतारचढाव तथा निजी अस्पतालबीचको तीव्र प्रतिस्पर्धालाई कम्पनीका प्रमुख जोखिमका रूपमा औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट