२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, पुस २६ मा साधारणसभा

बिहिवार , पौष ४, २०८१

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बुधबार कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस सेयर र नगद गरेर १० प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो।

चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ३२ करोड ५५ लाख रुपैयाँ बोनस सेयर र ३ प्रतिशत अर्थात १३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश दिने घोषणा उद्योगले गरेको हो । सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ ।

लाभांश प्रस्ताव पारित गर्न उद्योगले पुस २६ गते साधारणसभा बोलाएको छ। सर्वोत्तमले पुस १२ गते सेयर रजिष्टर (बुक क्लोज) तोकेको छ। पुस ११ गतेसम कायम हुने सेयरधनीले लाभांश पाउने उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट