२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टको सर्वसाधारणका लागि जारी गरिने १ सय रुपैयाँ अंकित दरका २५,००,००० कित्ताले हुन आउने २५,००,००,०००/– रुपैयाँ रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । जसले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरु मध्ये पहिलो तीन कम्पनीहरु संचालनमा आईसकेको र प्राथमिक शेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट