२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गैरआवासिय नेपालीलाई लगानी गर्न बाटो खुल्यो, एनआरएन फण्डले ४ अर्ब ९० करोडको आइपिओ ल्याउने

सोमवार , पौष ८, २०८१

काठमाडौं । सेयर बजारमार्फत लगानी जुटाउन नयाँ वित्तीय औजारको प्रयोग हुने भएको छ । यसअघि नेपालीले मात्र सेयर लगानी गर्दै आएकोमा अब विदेशमा रहेका गैरआवासिय नेपालीले पनि सेयरमा लगानी गरेर दोस्रो बजारमा कारोबार गर्न पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ को आठौं संशोधन गरेर सरकार र गैरआवासिय नेपालीको संयुक्त लगानीमा स्थापित एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई सेयर निष्कासनसम्बन्धि व्यवस्था गरेको हो ।

फण्डको सेयर खरिद गर्न विदेशबाट गैरआवासिय नेपालीले नेपालमा डलरमा लगानी ल्याउने भएका छन् । धितोपत्र बोर्डले गैरआवासिय नेपालीको पहल र सरकारको समेत लगानीमा स्थापना भएको डेभलपमेन्ट फन्डलाई साधारण सेयर (आइपिओ) निष्कासन गर्न बाटो खुला गरेको हो ।

यो नेपालको धितोपत्र बजारका लागि नयाँ प्रयोग भएको फण्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनलराज भट्टराई बताउँछन् ।

१० अर्ब रुपैयाँको फण्डमा सरकारको पनि ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी रहेको छ ।

उत्पादनमुलक र ठूला पूर्वाधारमा लगानी जुटाउन गैर आवासिय नेपालीको पहलमा २०७७ फागुनको पहिलो साता डेभलपमेन्ट फण्डको स्थापना भएको हो । धितोपत्र बोर्डले आइपिओ निष्कासन गर्न बाटो खुलाएकाले प्रक्रिया अघि बढ्ने डेभलपमेन्ट फन्डका सिइओ भट्टराईले सुनौलो नेपाललाई बताए ।

उनले प्रक्रिया पुरा गरेर आगामी ६ महिनाभित्र आइपिओ निष्कासनको तयारी भइरहेको सुनाए । उनका अनुसार अझै प्रक्रिया पुरा गर्न बाँकी नै छ ।

‘सबै प्रक्रिया पुरा गरेर सन् २०२५ को जुलाइसम्म आइपिओ निष्कासन गर्ने लक्ष्य रहेको छ’ उनले भने ।

धितोपत्र निष्कासन नियमवालीअनुसार फण्डको पुँजी संरचना परिवर्तन भएको छ । जसअनुसार ५१ प्रतिशत संस्थापक लगानीकर्ता र ४९ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना बनेको छ । न्यूनतम १ हजार डलरदेखि अधिकतम् १० लाख डलरसम्म लगानी गर्न पाइने सिइओ भट्टराईले जानकारी गराए ।

भिडियो हेर्न यहाँ क्किल गर्नुहोस्

बोर्डले दोस्रो बजारमा गैरआवासिय नेपालीले मात्र सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै नेपाली बैंकमा खाता खोली सोही खातामार्फत आस्वा प्रणालीबाट इन्भेस्टमेन्ट कम्पनीमा सेयर लगानी गर्न पाइने भएको छ ।

आइपिओ निष्कासन गर्दा सेयर प्रत्याभूति व्यवस्था लागू नहुने भएको छ ।

पूर्ण लगानी फिर्ता लैजान पाउने व्यवस्था भएको नेपालको पहिलो धितोपत्र औजार भएको छ । फण्डमार्फत १० अर्ब रुपैयाँ लगानी जुटाउने तयारी भएको छ । जसमध्ये ५ अर्ब १० करोड रुपैयाँ संस्थागत लगानीकता र बाँकी ४ अर्ब ९० करोड रुपैयाँ सर्वसाधारणलाई आइपिओ जारी गरेर जुटाउने उनले बताए ।

यसअघि ८५ प्रतिशत आइपिओ र १५ प्रतिशत आधारभूत लगानीको व्यवस्था गरिएको थियो । धितोपत्र निष्कासन नियमावलीमा भएको व्यवस्थाले परिवर्तन गरेको छ । ३ वर्षको अघिको प्रतिवद्धता भएकाले पुनः छलफल गरेर लगानी जुटाइने उनको भनाई छ ।

लगानी गर्न परियोजना छनौट पनि गर्नुपर्ने भएको छ । लगानी जुटाउने क्रममा परियोजना छनौट गर्ने तयारीमा फण्ड रहेको छ ।

अझै पनि नेपाली मुलका विदेशी नागरिकलाई केही विषयमा अझै स्पष्ट पार्न बाँकी रहेको उनले सुनाए । नेपालको सेयर बजार बिहान ११ देखि दिउँसो ३ बजेसम्म खुल्छ । विदेशबाट सेयर कारोबार गर्न नयाँ व्यवस्था गर्न बाँकी छ । प्रक्रियागत कुरा मिलाउन अझै केही समय लाग्ने उनको भनाई छ ।

फण्ड गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, अध्यक्ष बद्री केसीका साथै सोनाम लामा, महेशकुमार श्रेष्ठ, हरिबोल भण्डारी, खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरेका छन ।

यो रकम नेपालको ऊर्जा, पर्यटन, उद्योगलगायत पूर्वाधारका विभिन्न क्षेत्रमा लगानी हुने फण्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट