२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

कांग्रेस नेता कोइराला बेलायत जाँदै

मंगलवार , पौष १६, २०८१

काठमाडौँ । कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइराला बेलायत जाँदैछन् । बेलायतको संसद भवनमा १३ जनवरी २०२५ मा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्न कोइराला बेलायत जान लागेका हुन् ।

बेलायतका विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइरालाले बेलायत भ्रमण गर्न लागेका हुन् ।

२०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका थिएनन् । बेलायत नेपाल सम्बन्धको इतिहासमा नेपालबाट बेलायत संसद भवनभित्र बेलायती विदेश मन्त्री र उद्योग, वाणिज्य, व्यापार मन्त्रीको उपस्थितीमा सम्बोधन गर्न पाउने पहिलो नेपाली नेता डा शेखर कोइराला बन्ने भएका छन् ।

नेपालको प्रधानमन्त्री भैसकेका गिरिजा प्रसाद कोइराला, शेर बहादुर देउवा माधब नेपाल, सुशिल कोइराला, केपी शर्मा ओली, पुष्प कमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनालले विगतमा बेलायत भ्रमण गर्दा समेत सो अवसर पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट