२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता : सभापति देउवा

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए । उनले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकतावद्ध गर्नुपर्ने बताए ।

सभापति देउवाले सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्नु आजको आवश्यकता भएको बताए । सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको बताए ।

उनले भने, ‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनु पर्छ । अझै प्रभावकारी बनाउनु पर्छ । राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनु पर्छ ।

सम्पूर्ण नेपालीहरु चाहे मधेसमा, चाहे पहाडमा र चाहे हिमालमा हुन्, सम्पूर्ण नेपालीहरुको एकता र मेलमिलाप हुनुपर्छ । सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्न आजको आवश्यकता हो । पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरुका विभिन्न चाहनाहरु होलान् तर त्यसको समन्वय गरेर एकतावद्ध भइ एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ ।’

सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट