२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

एमालेबाट निष्कासित भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, होला नयाँ पार्टी घोषणा ?

बुधवार , पौष १७, २०८१

काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै छन् ।

आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

एमालेको कारबाहीपछि रावल नयाँ पार्टी खोल्ने गरी आन्तरिक छलफलमा जुटेका छन् । आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलन हुँदैछ सोही समयमा नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुने बताइएको छ ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट