२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा विरोध गर्ने नेतालाई भीम रावलले दिए धन्यवाद

बुधवार , पौष १७, २०८१

काठमाडौँ । एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले ओलीले कारबाहीको प्रस्ताव गर्दा सचिवालय बैठकमा आफ्नो मत राख्दै विरोध जनाउने ७ जना नेताहरुलाई धन्यवाद दिएका हुन् ।

उनले पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गरिएको बताए ।

एमालेबाट निष्कासित भएपछि रावलले आज पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट