२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

केपी ओली तानाशाही बनेपछि वैकल्पिक बाटो हिँड्न बाध्य भएँ : भीम रावल

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेकपा (एमाले) बाट निकालिएका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली तानाशाही बनेपछि विकल्पबाट हिँड्न बाध्य भएको बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले उस्तो बताएका हुन् ।

रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताए ।

रावलले पाँच दशक काम गरेको पार्टीको घोषित सिद्धान्त विधि र उद्धेश्यविपरीतका काम केपी ओलीबाट भएको र त्यसको आलोचना गर्दा सुध्रिनुको साँटो उल्टो आफैले प्रतिगामी भनेकाहरूसँग साँठगाठ गरेको आरोप पनि लगाए ।

उनले एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताए । पार्टी बनाउनेलाई सदस्यबाट निकालेको रावलले गुनासो गरे ।

रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण समेत सोधेका छन् । ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै उनले स्पष्टीकरण सोधेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट