२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

राजनीतिक दलहरु जथाभावी गतिविधि गर्न थाले, प्राप्त अधिकारहरु पनि गुम्ने खतरा भयो : प्रकाशमान सिंह

बिहिवार , पौष १८, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लाग्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले जथाभावी गतिविधि गर्न थाले प्राप्त अधिकारहरु पनि गुम्ने खतरा रहेको बताए । उनले कांग्रेस जिम्मेवार पार्टी भएकाले कार्यकर्ताहरुले पनि सोहीअनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।

उनले आर्थिक सम्पन्नताको अभियानमा नागरिकलाई अधिकार दिलाउन कांग्रेस एक भएर लाग्नुपर्ने बताए । उनले राजनीतिक साथै आर्थिक सुधारको नेतृत्व पनि कांग्रेसले लिनुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता जनताले चाहेकाले कांग्रेस र एमाले मिलेर सरकार बनेको बताए । उनले कसैले बद्मासी गरेको भए विधि र नियमअनुसार कारबाही हुने बताए । लोकतन्त्रमा विधिको शासन पालना हुने बताए ।

सहकारी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उनले त्यति धेरै ठूलो गल्ती गरेको व्यक्तिमाथि प्रतिशोध गरेको आरोप लाग्ने गरेको बताए । उनले कांग्रेस र एमालेले गरेको सानो कुरालाई पनि ठूलो बनाइदिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट