२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणी : 'ओठे भक्तिको प्रदर्शनले देश बन्दैन'

शुक्रवार , पौष १९, २०८१

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देश जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको बताए । उनले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताए । उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि अध्यक्ष दाहाललाई सचेत गराए ।

भ्रष्टाचार मुक्त समाज निर्माण नभएसम्म सुशासन स्थापित हुन नसक्ने बताउँदै भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह गरे ।

नेता केसीले सत्तामा पुगेकाहरुलाई जानिजानि भ्रम फैल्याएर बद्नाम गर्न खोजिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट