२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पर्याप्त रुपमा नागरिकको अवस्थामा परिवर्तन हुन सकेको छैन : प्रधानमन्त्री ओली

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त रुपमा नागरिकको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अवस्थामा परिवर्तन हुँदै नभएको भन्नेकुरा गलत रहेको बताएका हुन् ।

उनले अवस्थामा परिवर्तन भएको तर पर्याप्त नभएकाले अरु बढी प्रगति गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालमा महिलाहरुले रोजगारी गर्ने मात्रै नभइ आफैँ रोजगारी सिर्जना गरी रोजगारको अवसर प्रदान गरिरहेको बताए ।

उनले महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिहरुले गरेका कामबीच प्रतिष्पर्धा हुने हो भने ८० प्रतिशतमा महिला विजयी हुने दाबी गरे ।

उनले भने, ‘यहाँ दिदिबहिनीहरुले भाषण गर्न पाउनुभएको छैन, भाषण गर्न पाउने हो भने दर्शक उचाल्नुहुन्छ । हिजो त्यस्तै थियो त । दिदिबहिनीहरुले विभिन्न प्रकारका उद्यमशिलताका, आफ्नो ठाउँमा उद्यमशिलता कसरी शुरु गर्ने, रोजगारी कसरी शुरु गर्ने, जागिर खान कुद्ने मात्रै होइन, रोजगारीका अवसर सिर्जना गरेर आफैँले इन्टरपेनरसिप भन्छ नि, आफैँ लगानीकर्ता, आफू पनि रोजगार हुने र अरुलाई पनि रोजगार दिने यस कामतिर लागिरहनुभएको छ ।

यसमा धेरैले सफलता पनि पाउनुभएको छ । उहाँहरुले भन्न पाउनुभएको छैन, आफ्नाआफ्ना ठाउँमा केके गर्नुभएको छ, केके नयाँ कुरा गर्नुभएको छ । अवश्य नयाँ कुरा र काम गर्नुभएको छ । यहाँ राम्रो कामको प्रतिष्पर्धा भएको छ, महिलाहरुको बीचमा मात्रै प्रतिष्पर्धा होइन, पुरुषहरुको समेत कामको मूल्यांकन गरेर प्रतिष्पर्धा आयोजना गर्नुभयो भने ८० प्रतिशत महिलाहरुले जित्नुहुन्छ ।

त्यो खालको स्थिति बनेको छ । अनि अवस्थामा परिवर्तन भएको छैन ? अवश्य अवस्थामा परिवर्तन भएको छ । तर पर्याप्त परिवर्तन भएको छैन । अरु बढी प्रगति गर्नुपर्छ । उन्नति गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अवसरमा समानता हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट