२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

समाजवादी विचारधाराको विकासमा माओवादी नेताहरुको जोड

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अधिकांश स्थायी कमिटी सदस्यहरुले समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिमा जोड दिएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिमा जोड दिन पार्टी नेतृत्वलाई दबाब दिएको हो ।

पार्टीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा आज ३० जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राखेको जानकारी दिए । उनले २१ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकलाई बढी व्यवस्थित, प्रभावकारी बनाउन जोड दिएको बताए ।

उनले सामसामयिक परिस्थिति, पार्टी रुपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा आफ्ना धारणा राखेको पनि बताए ।

उनले भने, ‘बैठक भोलि २ बजे बस्नेगरी स्थगित भएको छ । आज ३० जना स्थायी समितिका सदस्य कमरेडहरुले बोल्नुभएको छ । बोल्ने कमरेडहरुले अध्यक्ष कमरेडहरुले मौखिक रुपमा २१ गते प्रस्तुत गर्ने प्रतिवेदनको सारसंक्षेप भन्नुभएको थियो । त्यसमा २१ गतेदेखि बस्ने केन्द्रिय समितिको बैठकलाई बढी व्यवस्थित, प्रभावकारी बनाउन र सारभुत रुपमा सफल पार्न सबै कमरेडहरुले गहन, गम्भीर सुझाव दिनुभएको छ ।

सामसामयिक परिस्थिति, पार्टी रुपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा आफ्ना धारणा राख्नुभएको छ । समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिको बारेमा सबै कमरेडहरुले जोड दिएको छ ।’

प्रवक्ता सापकोटाले पूर्वपश्चिम लोकमार्गमा आधारित भएर र हुलाकी राजमार्गमा आधारित भएर अभियान सञ्चालन गर्नेकुरामा पनि जोड दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट