२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छ : महामन्त्री शर्मा

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले देशमा दुई जना पूर्वराष्ट्रपतिहरु रहेको र उनीहरुको कर्तव्य सामाजिक रुपान्तरणमा हुनुपर्ने बताए । उनले पूर्वराष्ट्रपति द्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीले अब सामाजिक रुपान्तरणका योजनासहित समाजको नायक बन्नुपर्ने बताए ।

उनले पूर्वराष्ट्रपति भण्डारीप्रति लषित गर्दै राजनीतिमा लाग्ने हल्ला सुनेको भन्दै स्वतन्त्रताको सम्मान गर्ने पनि बताए । उनले राजनीति भन्दा पनि अब सामाजिक परिवर्तनको झण्डा उठाउनु महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘सम्माननीय पूर्वराष्ट्रपति यहाँ हुनुहुन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, आँखा दान गर्न मान्छेलाई प्रेरित गरे जस्तै, दाइजोले छोरीहरु जल्नबाट रोक्नुपर्ने जस्तै, बोक्सी भनेर प्रताडित हुन नलेखिएका आमाहरुको कथाहरु लेख्नका लागि, घरेलु हिंसामा परेका महिलाहरुको सन्दर्भमा सबैभन्दा बढी नायक भएर कसैले उभिनुपर्छ भने मलाई लाग्छ सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभिनुपर्छ ।

यसको कमाण्ड म सम्हाल्छु भन्न सक्नुपर्छ । सम्माननीय पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिबाट भुतपूर्व भइसकेपछि के गर्ने, कहाँ जाने ? भन्दै गर्दा मलाई लाग्छ, दुई पूर्वराष्ट्रपतिज्युहरुले सामाजिक परिवर्तनको त्यो झण्डालाई उठाइदिनुपर्छ । प्रेरणाको श्रोत बन्नुपर्छ । यद्यपि राजनीतिमै आउन चाहनुभएको हो की, साथीहरुले इच्छा राख्नुभएको हो की भन्ने पनि चर्चा छ ।

स्वतन्त्रताको सम्मान गर्छु । तर यदी कसैले मलाई सोध्छ, तिम्रो देशको शितल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिहरुले के गर्नुपर्छ भन्यो भने सामाजिक अभिभावक या देशमा चाहिएको छ ।’

महामन्त्री शर्माले देशको सामाजिक रुपान्तरणको विषय अधोगतितर्फ उन्मुख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट