२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

माओवादी केन्द्रीय कमिटी बैठक सुरू, पूर्वउपराष्ट्रपति पनि सहभागी

आइतवार , पौष २१, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । माओवादी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि सहभागी भएका छन् ।

राजनीतिमा सक्रिय हुन खोजिरहेका उनी पार्टीको राजधानीमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् ।

यसअघि पासाङ पदाधिकारी तथा स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए ।

उनी प्रचण्डसहितका नेताहरु सँगै बैठकमा देखिएका छन् ।  पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् । बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ ।

उनलाई केन्द्रीय समिति बैठकबाट भूमिका दिन लागिएको नेताहरुको भनाइ छ । केन्द्रीय कमिटीको आइतबारको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् भने राजनीतिक प्रतिवेदन पनि पेस हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट