२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

पूर्ववर्ती सरकारले भ्रष्टाचारविरूद्ध कुनै अभियान चलाएको थिएन, आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित थियो : ओली (पूर्णपाठ)

आइतवार , पौष २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले ४७ पृृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् ।

ओलीले केन्द्रीय कमिटीमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘पूर्ववर्ती सरकारले भ्रष्टाचारविरूद्ध कुनै ‘अभियान’ चलाइरहेको थिएन । बरु आफ्नालाई चोख्याउने अभियानमा केन्द्रित थियो, चर्चित ललितानिवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्रै सम्बद्ध प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीहरूलाई सोधपुछ गरिएको विषय होस् या सुन तस्करीमा नाम मुछिएका पूर्वसभामुखलाई संसदमा दबाबपछि बनेको न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै वाध्यात्मक रुपमा मुद्दा चलाइएको विषय होस्, नेपाली जनताका मनमा त्यतिबेला प्रदर्शित पाखण्ड र सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षणका घटनाहरू ताजै छन् ।’

प्रतिवेदनमा सरकार गठनयताको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको उल्लेख छ ।

नयाँ सरकार बनेपछि एमालेको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेका हुनाले नेपाली कांग्रेससँग किन नयाँ सहकार्य सुरु गर्नुर्पयो भन्नेबारेमा पनि प्रतिवेदनमा विश्लेषण गरिएको छ ।

ललिता निवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्र सम्बद्ध प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधव नेपाललगायतासँग सोधपुछ गरिएको र सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मकरूपमा मुद्दा चलाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट