२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भोजपुरमा आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

आइतवार , जेठ २६, २०८२

टक्सार (भोजपुर) । जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या भएका १५ जनाको शल्यक्रिया गरिएको छ । यहाँ आयोजित निःशुल्क शल्यक्रिया शिविरमा उनीहरुको शल्यक्रिया गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

प्रमुख श्रेष्ठले भने, “समस्या भएर पनि उपचार नपाउनु भएकालाई लक्षित गरी शिविर आयोजना गरिएको थियो, जसमा १५ जनाले शल्यक्रिया सेवा लिनुभयो ।”

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको आयोजना तथा जिल्ला अस्पताल भोजपुरको समन्वयमा भएको शिविरमा भोजपुर अस्पताल, दमक अस्पताल, धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डा पवित्रा श्रेष्ठ, डा विजय रानाभाट, एनेस्थेसिया अम्बिका ढकाल लगायतको टिमले शिविरमा सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट