२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डेङ्गी रोग नियन्त्रण प्रभावकारी बनाउनुपर्छ : सांसद् पौडेल

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डेङ्गी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बैठकमा पौडेलले स्वास्थ्य सेवा विभागका अनुसार २०८१ पुस १८ देखि हालसम्म एक हजार चार सय तीन जना डेङ्गी संक्रमित भएका तथ्याङ्क प्रस्तुत गर्दै महामारीको सम्भावनालाई समय हुँदै नियन्त्रण गर्न माग गरेका हुन्।

सांसद् पौडेलले हरेक दिन एक दुई जना डेङ्गी संक्रमित उपचारका लागि आउने गरेको र संक्रमण ७३ जिल्लामा फैलिसकेको जानकारी गराए। ‘२०८० मा देशभर झण्डै ५२ हजार भन्दा बढी डेङ्गी संक्रमण पुष्टि भइ २० जनाको मृत्यु समेत भएको थियो। २०७६।७७ मा महामारीकै रूप लिएको स्मरण गराउँदै पुनः महामारीको रुप लिन सक्ने सम्भावनालाई ध्यानमा राख्न माग गर्दछु,’ उनले भने।

सांसद् पौडेलले तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, टोल विकास समिति, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, स्थानीय क्लब लगायत आम नागरिक समेतको सहभागितामा डेङ्गी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन, जनस्वास्थ्य विभागद्वारा निगरानी र रोकथामका कार्यक्रम तीव्र बनाउन तथा संक्रमितलाई सहज र सरल रुपले उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

‘टेक एन्ड पे’ले हतोत्साही बनाउँछ’

राष्ट्रियसभा सदस्य पौडेलले जलविद्युतमा दुईतिहाइभन्दा बढी निजी क्षेत्रको योगदान रहेको तथ्य प्रस्तुत गरेका छन्। ‘तर बजेटको बुँदा नम्बर २२७ मा उल्लेखित ‘रन अफ रिगर’ आयोजनाको ‘टेक एन्ड पे’ अवधारणा अनुरुप विद्युत खरीद सम्झौता गरिने प्रावधानले निजी क्षेत्रलाई निकै हतोत्साहित बनाएको छ । तसर्थ, तत्कालै सुधार्न माग गर्दछु,’ उनले भने।

उनले बहुदलीय व्यवस्था स्थापना हुनुभन्दा अगाडि करिब २७० मेगावाट मात्र विद्युत उत्पादन भएको स्मरण गरे। ‘तर, नेपाली कांग्रेसको उदार आर्थिक नीतिअनुसार तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यको पालामा निजी क्षेत्रलाई गरिएको प्रोत्साहनले अहिले दिनमा तीन हजार ६०२ मेगावाट विद्युत उत्पादन भएको छ ।

त्यसैले टेक एन्ड पे अवधारणा लागु गर्नुहुँदैन,’ उनले भने। राष्ट्रियसभाको जेठ २३ गतेको बैठकमै सांसद् पौडेलले जलविद्युत आयोजनामा टेक एन्ड पे अवधारणा हटाउन माग गर्दै सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट