२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओमोडा ‘मेगा मनसुन अपग्रेड’ योजना सुरु, यस्ता छन् आकर्षण

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेईको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो अफर असार ११ गतेदेखि देशभर लागु भएको छ । जसअन्तर्गत ग्राहकहरूले पुराना गाडी एक्सचेन्ज गर्दा एक वर्षसम्म शून्य ब्याजदर, आकर्षक नगद छुट र एक्सचेन्ज बोनसजस्ता फाइदा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले नयाँ ईभी (इलेक्ट्रिक भेहिकल) खरिदमा वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले योजना ल्याएको जनाएको छ ।

यसअन्तर्गत ग्राहकले २० प्रतिशत डाउनपेमेन्टमा ओमोडा वा जेईको ब्रान्डको नयाँ गाडी खरिद वा पुराना गाडी साट्न सक्नेछन् । साथै, ग्राहकहरूले सात किलोवाट क्षमताको एसी चार्जर, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र आठ वर्षको मोटर तथा ब्याट्री वारेन्टीसमेत पाउनेछन् ।

पुराना गाडी एक्सचेन्ज गर्दा ग्राहकले विशेष एक्सचेन्ज बोनस पाउनेछन् । नयाँ गाडी खरिदमा शून्य ब्याजदरमै ८० प्रतिशतसम्मको फाइनान्स सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । अफरअन्तर्गत नगद छुट पनि सोझै प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट