२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

साङ्ग्रिला इन्टरनेशनल फ्रेट र उपायबीच ढुवानी सेवा प्रदान गर्न सम्झौता

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । साङ्ग्रिला इन्टरनेशनल फ्रेट प्रालि (एसआईएफएल) र उपाय सिटी कार्गो प्रालि (उपाय), बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा भएको यो साझेदारीले नेपालको ढुवानी क्षेत्रलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ । जसमा डीएसभीसँगको विशेष सहकार्यद्वारा सशक्त एसआईएफएलको अन्तर्राष्ट्रिय फ्रेट क्षमता र उपायको बलियो स्थानीय सञ्जाल एक आपसमा जोडिनेछ ।

उक्त सम्झौताअनुसार, नेपाल भित्रको सबै ढुवानी, डेलिभरी र स्थानीय वेयरहाउस व्यवस्थापनको जिम्मेवारी उपायले लिनेछ भने एसआईएफएलले अन्तर्राष्ट्रिय फ्रेट फरवर्डिङ, भन्सार समन्वय र विश्वव्यापी ढुवानी व्यवस्थापनको नेतृत्व गर्नेछ।

यो साझेदारी दुवै कम्पनीको बलियो पक्षलाई एकीकृत गरी व्यवसायहरूलाई एन्ड-टु-एडव दिने अवसर भएको एसआईएफएलका अध्यक्ष कुमार दाहालले बताए। ‘उपायसँगको सहकार्यले हाम्रो सेवा क्षमतालाई अजै बलियो बनाउनेछ,’ अध्यक्ष दाहालले भने ।

डीएसभी डेनमार्कमा मुख्यालय भएको विश्वको एक प्रमुख लजिस्टिक्स तथा ट्रान्सपोर्ट सेवा प्रदायक कम्पनी हो, जसले ९० भन्दा बढी देशहरूमा हवाई, समुद्री, सडक यातायात तथा गोदा व्यवस्थापन सेवा प्रदान गर्दछ । डीएसभीको नेपालस्थित एकमात्र एजेन्टको रूपमा, एसआईएफएलले उच्च मूल्य र संवेदनशील मालसामानका लागि समेत गुणस्तरीय अन्तर्राष्ट्रिय लजिस्टिक्स सेवा सुनिश्चित गर्दै आएको छ ।

उपाय सिटी कार्गोका प्रबन्ध निर्देशक तथा सह-संस्थापक सुमन रायमाझीले एसआईएफएलका लागि नेपालको आधिकारिक ढुवानी साझेदार बन्न पाउँदा उत्साहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट