२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गम्भीर ८ प्रकारका रोगको उपचारमा अब २ लाखसम्मको उपचार सुविधा

बुधवार , आषाढ २५, २०८२

काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले गम्भीर ८ रोगको उपचारमा अब दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन्।

अब क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका हुन् ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ८ प्रकारका बिरामीले साउन १ गतेदेखि दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने बताएका छन्।

मन्त्री पौडेलले भने, ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ ।’

स्वास्थ्य बीमा अन्तर्गत हाल एक लाख रुपैयाँको उपचार सुविधा दिइँदै आएकामा साउन १ देखि ८ प्रकारका रोग लागेका बिरामीको हकमा सुविधा रकम बढाइएको हो।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट