२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गोल्डेन अस्पताल विराटनगर : ८० वर्षमाथिका वृद्धवृद्धा र ५ वर्षमुनिका बालबालिकालाई उपचारमा विशेष छुट

बिहिवार , आषाढ २६, २०८२

विराटनगर । विराटनगरमा सञ्चालित गोल्डेन अस्पताल प्रालिले ८० वर्षमाथिका वृद्धवृद्धालाई उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी छुट सुविधाका बारेमा जानकारी दिएको हो ।

अस्पतालका सञ्चालक सनातन मण्डलका अनुसार अस्पतालले शल्यक्रिया सेवाहरूमा छुटको व्यवस्था गरेको छ । पहिलेको शुल्क र अन्य अस्पतालको शुल्कभन्दा २५ देखि ३० प्रतिशत कम शुल्कमा सेवा प्रदान गरिने मण्डलले बताए । उनका अनुसार प्रबन्ध निर्देशक डा. श्याम कुमार रौनियारको नेतृत्वमा जनगुनासो सुन्दै र बुझ्दै अस्पतालले शल्यक्रियामा छुट दिने निर्णय गरेको हो ।

अस्पतालले हाइड्रोसिल शल्यक्रिया १९ हजार ९९९ रुपैयाँ, एपेन्डिक्स शल्यक्रिया १९ हजार ९९९ रुपैयाँ, पाठेघरको शल्यक्रिया २४ हजार ९९९ रुपैयाँ, सिजेरियन डेलिभरी ४ हजार ९९९ रुपैयाँ, अनुहारको शल्यक्रिया ३४ हजार ९९९ रुपैयाँमा गर्ने व्यवस्था गरेको मण्डलले जानकारी दिए ।

यस्तै, अस्पतालका अनुसार कानको जाली फुटेको शल्यक्रिया २४ हजार ९९९ रुपैयाँ, मुत्रनलीको पथरीको शल्यक्रिया २४ हजार ९९९ रुपैयाँ, टन्सिलको शल्यक्रिया २९ हजार ९९९ रुपैयाँ, नाक बाँगिएको शल्यक्रिया २९ हजार ९९९ रुपैयाँ, मिर्गौलाको पथरीको शल्यक्रिया ३४ हजार ९९९ रुपैयाँ र पित्तथैलीको पथरीको शल्यक्रिया (प्याकेज) ३९ हजार ४९९ रुपैयाँमा गरिनेछ ।

विराटनगरमा फरक पहिचान बनाउन सफल गोल्डेन अस्पतालले ५ वर्षमुनिका बालबालिकालाई सघन उपचारबाहेक सम्पूर्ण सेवामा २५ प्रतिशत छुट दिने जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक डा. श्याम कुमार रौनियारले सबै शल्यक्रिया १० देखि १५ वर्षको अनुभव भएका एमएस र एम.सिएच. डिग्री प्राप्त वरिष्ठ विशेषज्ञ चिकित्सकमार्फत गरिने बताए । उनका अनुसार अस्पतालले बिरामीलाई विश्वासिलो, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

डा. रौनियारका अनुसार नागरिकले शल्यक्रिया सेवाका लागि भोगिरहेको लामो र झन्झटिलो प्रक्रिया, प्रतीक्षा र सेवाको अभावबाट मुक्त गराउन, सस्तो शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन, मातृ तथा शिशु मृत्युदर घटाउन, र विशेषज्ञ चिकित्सकमार्फत सुरक्षित शल्यक्रिया सुनिश्चित गर्न अस्पताल प्रतिबद्ध रहेको छ। साथै, गोल्डेन अस्पताललाई सामाजिक सेवाको प्रतीकका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ ।

“स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार हो,” डा. रौनियारले भने, “विशेष गरी मातृ र शिशु स्वास्थ्य सेवा हाम्रो प्राथमिकता हो ।” उनका अनुसार गोल्डेन अस्पतालले नेपाल सरकारको ‘सर्वसुलभ स्वास्थ्य सेवा’लाई आत्मसात् गर्दै सहुलियत दरमा गुणस्तरीय सेवा दिने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट