२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आजदेखि आइएमई पे र खल्ती मर्ज, ‘खल्ती बाइ आइएमई’ मार्फत एकीकृत सेवा सुरू

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती) ले आज साउन १ गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।

आइएमई पे र खल्ती वालेट मर्ज भएर आजबाट ‘खल्ती बाइ आइएमई’ का रुपमा एकीकृत कारोबार सुरु भएको हो । दुवै कम्पनीले आज विशेष कार्यक्रम आयोजना गरि मर्जरको औपचारिक घोषणा समेत गर्दैछन्।मर्जरपछि बनेको खल्ती बाइ आइएमईको मुख्य कार्यालय काठमाडौंको पानी पोखरीमा रहनेछ । मर्जर पश्चात् १ करोड २७ लाखभन्दा बढी प्रयोगकर्ता एउटै एपमा जोडिनेछन् ।

‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास रहको छ ।

आइएमई पेले विसं २०७४ असार ५ गते लाइसेन्स पाएको थियो भने खल्तीले वि.सं २०७६ वैशाख २ गते पाएको हो । सेवाग्राही र पुँजीका आधारमा ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको कम्पनीले दाबी छ ।

खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको बताएका छन्।

यस्तै, आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट