काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको ।
बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)मा ६, उपरीक्षक (एसपी)मा २२, प्राविधिक एसपीमा एक र नायव उपरीक्षक डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।
एसएसपी बढुवा सिफारिस हुनेमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोप बहादुर खनाल, अशोककुमार बम, वीरेन्द्रबहादुर ऐर छन् ।
एसपी सिफारिस हुनेमा नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर, भीमबहादुर विष्ट, नवराज वोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमर बहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुंवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती छन् । त्यस्तै यदुकुमार कार्की, देवबहादुर बोहरा, दिनेशकुमार बस्नेत पनि एसपी बढुवा सिफारिस भएका छन् ।
एसएसपी बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा एसपी बढुवा हुनेहरु छन् । एसपी सिफारिस हुनेमा तेस्रो ब्याचका छन् । त्यही ब्याचका वैकल्पिक समूहका र चौथो ब्याचबाट ज्येष्ठताका आधारमा बढुवा सिफारिस भएका छन् । डीएसपी बढुवा सिफारिस हुनेमा ९ औं ब्याचका छ्न् ।






प्रतिक्रिया दिनुहोस