२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मेरो किसान लिमिटेडद्वारा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । तरकारी तथा फलफूलको व्यापारमा संलग्न मेरो किसान लिमिटेडले ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण थालेको छ । कम्पनीले भरतपुर महानगरपालिकाको पटिहानीमा दुई विघा जग्गामा पूर्वाधार निर्माण थालेको हो ।

पाँच महिनाभित्र संचालनमा आउने उद्योगमा २५ वटा भन्दा बढी खाद्यान्न प्रशोधन गरिने कम्पनीका प्रवन्ध निर्देशक अविनाश सिलवालले जानकारी दिए ।

उनका अनुसार तेल मिल, केचप, बेसार, अदुवाको सुठो, कफी लगायतका खाद्यान्न प्रशोधन हुनेछ । देशभित्रकै कृषि उत्पादनलाई प्राथमिकता दिएर प्रशोधन गरिने उनले दाबी गरे ।

उनले देशकै केन्द्रमा प्रशोधन उद्योग र कोल्ड स्टोरेज स्थापना गरेको र स्वदेशी कृषि उपजको बजारीकरण गर्ने आफ्नो उदेश्य रहेको बताए ।

उत्पादन धेरै भएका तरकारी तथा फलफूल कोल्डस्टोरेजमा राखेर उचित मूल्य दिने प्रयास गरिने उनले बताए ।

मोबाइल एपबाट ४० हजारभन्दा बढी उपभोक्ता र तीन सय भन्दा बढी व्यवसायिक घरानासँग यो कम्पनीले बजारीकरण गर्दै आएको छ । कम्पनीले बीउदेखि उत्पादनसम्म नेटवर्क गरेर कृषि क्षेत्रको बलियो कम्पनी बनाउन खोजिरहेको छ । कोभिडका समयमा स्टार्टअप कम्पनीको रुपमा स्थापना भएको मेरो किसानले एग्रेसिभ बजार विस्तार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार