२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रवि लामिछानेलाई ‘भिटामिन डी’ को कमी, कारागारमै पुगे डाक्टर

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘भिटामिन डी’ को कमी देखिएको छ । सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गरिएको थियो ।

रास्वपा नेता तथा सांसद मनिष झाले सभापति लामिछानेको रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्र प्रसाद यादवले दिएको जानकारीअनुसार उनको शरीरमा भिटामिन डीको कमी देखिएको बताए ।

रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको छ ।

केही कुरामा गम्भीर सावधानी अपनाउन आवस्यक रहेको हुनाले डाक्टर यादव सभापति लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको सांसद झाले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट