२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बाँकेमा ८५ किलोमिटर सडक निर्माण

शनिवार , भाद्र ७, २०८२

नेपालगञ्ज । बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन् ।

सडक पूर्वाधार कार्यालयका प्रमुख दिपक खड्काले आव २०८१–०८२ मा ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिए । उनले सबैभन्दा बढी नेपालगञ्ज, खजुरा र वैजनाथ गाउँपालिकामा नाला र सडक बनाइएको बताए । सडक बनाउन रु २१ करोड खर्च भएको जानकारी पनि उनले दिए । सात वटा कल्भर्ट र कजवे, दुई वटा पुल निर्माण गरिएको छ ।

सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा ४० किलोमिटर सडक र नाला निर्माण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी ११ दशमलव ५४ किलोमिटर ढल, ५ दशमलव ३९ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको कार्यालयप्रमुख रामआत्रेय शाहले जानकारी दिए । दुवै कार्यालयले गत आवमा यी काम गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट