काठमाडौं । नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध साइबर अपराधअन्तर्गत मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार महरविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप छ । उनीमाथि एक जना महिलालाई सामाजिक सञ्जालमा चरित्रहत्या गरेको आरोप छ ।
यस मुद्दामा महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएर केहीबेरमै हाजिर जमानीमा छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस