२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी प्रदर्शनको क्रममा भागेका टोपबहादुर रायमाझी कारागार फर्किए

मंगलवार , आश्विन ७, २०८२

काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन् ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागारबाट अन्य कैदीसँगै रायमाझी पनि भागेका थिए । उनी सोमबार कारागार फर्किएका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा रायमाझी अदालतको आदेशले थुनामा गएका हुन् ।

यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई कारागारसमेत सरुवा गरिएको छ । उनलाई डिल्ली बजार कारागार पठाइएको प्रहरीले बताएको छ ।

त्यस्तै, भागेका अन्य कैदीबन्दी पनि कोही आफैँ आउने गरेको र कसैलाई पक्राउ गर्दै फर्काउने काम भइरहेको छ । रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए ।

उनीसँगै भागेका भुटानी शरणार्थी प्रकरणमै सुन्धारा कारागारमा रहेका तत्कालीन सचिज टेकनारायण पाण्डे भने फर्केका छैनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट