२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्थायी दरबन्दीमा सरकारले बिभेदपूर्ण व्यवहार गरेको भन्दै काठमाडौंमा स्वास्थ्यकर्मीहरुको प्रदर्शन

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । स्वास्थ्य क्षेत्रको स्थायी दरबन्दीमा सरकारले बिभेदपूर्ण व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्दा हेल्थ असिस्टेन्ट, सिएमए, फार्मेसी, ल्याब टेक्निसियनलाई भने गरिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

आफुहरुलाई दरबन्दीमा उचित स्थान नदिनु, बर्षौदेखि सेवा गर्दै आएका जनशक्तिलाई वेवास्ता गर्नु र ग्रामीण स्वास्थ्य सेवामा मूख्य भूमिका खेल्ने स्वास्थ्यकर्मीमाथि विभेद भएका कारण आफुहरु आन्दोलनमा उत्रिनुपरेको उनीहरुले जनाएका छन् । साथै उनीहरुले स्वास्थ्य क्षेत्रमा समान अवसरको व्यवस्था गर्न समेत माग गरेका छन् ।

आन्दोलनमा सहभागीहरुले एचए, सिएमएको अधिकार खोस्न पाइदैन, सवैलाई समान सम्मान चाहिन्छ, सवै स्वास्थ्य विधाका लागि समान सरकारी लोकसेवा परिक्षा चाहिन्छ, स्वास्थ्यकर्मी नचिन्ने स्वास्थ्य मन्त्री चाहिदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

Screenshot 2026-05-11 130404.jpg
undefined

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ