२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं उपत्यका लगाएत देशका अधिकांश स्थानमा पूर्ण रुपमा मौसम नखुल्ने

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । काठमाडौं उपत्यका लगाएत देशका अधिकांश स्थानमा पूर्ण रुपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको असर अधिकांश स्थानमा देखिएकाले पूर्ण रुपमा मौसम खुल्ने अवस्था नरहेको महाशाखाले जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले बेला–बेला घाम लागेपनि मौसम भने पूर्ण रुपमा खुल्न केहि दिन लाग्ने बताइन् । 

उनले कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भाग हल्का बर्षा र तराईका क्षेत्रमा भने केहि स्थानमा भने मेघ गर्जनसहित बर्षाको सम्भावना रहेको जानकारी दिइन् । देशमा पश्चिम भूभाग तर्फ बर्षाको क्रम क्रमश कम हुँदै जाने उनको भनाइ छ । 

महाशाखाका अनुसार मंगलबार र बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । पश्चिमी वायुका कारण देशका केहि स्थानमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ